नयाँ चलचित्र ‘द प्रोफेसनल गाइज’ निर्माणको घोषणा, मार्टिन र डार्विनको निर्देशन रहने



काठमाडौं – जेकेएस इन्टरटेनमेन्टको प्रस्तुतिमा नयाँ नेपाली चलचित्र ‘द प्रोफेसनल गाइज’ निर्माण हुने भएको छ। निर्माण टिमले ‘नयाँ ऊर्जा, नयाँ नियम, प्रोफेसनल गाइज आउँदैछन्…’ भन्ने स्लोगनसहित एक विशेष र आकर्षक भिडियो सार्वजनिक गर्दै चलचित्रको शीर्षक र निर्माण घोषणा गरेको हो।

यस चलचित्रको लेखन तथा निर्देशन मार्टिन भण्डारी र डार्विन श्रेष्ठले संयुक्त रूपमा गर्नेछन्। त्यस्तै, सह-लेखन तथा क्रिएटिभ डाइरेक्टरको जिम्मेवारी अमन श्रेष्ठले सम्हाल्नेछन्। चलचित्रका निर्माताहरूमा अमन श्रेष्ठ र डार्विन श्रेष्ठ रहेका छन् भने सह-निर्माता मार्टिन भण्डारी हुन्।

फरक र रोचक घोषणा भिडियोमार्फत दर्शकमा कौतुहलता सिर्जना गरिएको यस चलचित्रका मुख्य कलाकारहरू, कथावस्तु, छायांकन सुरु हुने समय र प्रदर्शन मिति भने निर्माण पक्षले खुलाउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu