
काठमाडौं – दसैंको अवसर पारेर आगामी असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन चलचित्र ‘१२ गाउँ २’ को दोस्रो रोमान्टिक गीत ‘लालीगुराँस’ सार्वजनिक गरिएको छ। युग भुसालको शब्द तथा सङ्गीत रहेको यस गीतमा चर्चित गायक शिव परियार र भारतीय गायिका सरोदी कुमार (बोरा) को स्वर रहेको छ। भिडियोमा हिमाली तथा पहाडी भूगोलका आकर्षक प्राकृतिक दृश्यहरूसहित चलचित्रका मुख्य जोडी समीर भट्ट र नव-अभिनेत्री कृशु शाही (काफिया) लाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। यसै चलचित्रमार्फत कृशुले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्।
२०८१ सालको ब्लकबस्टर चलचित्र ‘१२ गाउँ’ को सिक्वेलका रूपमा निर्माण भएको यस चलचित्रको निर्देशन विराज भट्टले गरेका हुन्। चलचित्रमा निर्देशक भट्ट स्वयं मुख्य भूमिकामा रहेका छन् भने उनीसँगै अनुप विक्रम शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहाल आरएल शाह, पूर्णबहादुर गन्धर्व र साहिल सिंह ठकुरी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
सरस्वती भट्ट निर्माता रहेको यस चलचित्रको लेखन सन्तोष सरकारले गरेका हुन्। प्राविधिक पक्षतर्फ महेश पौडेलको डीओपी, राम केसी र राजु लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, कालाचरणको पार्श्व सङ्गीत तथा गीता गुरप्पाको ध्वनि संयोजन रहेको छ। सार्वजनिक गीतको भिडियो छायांकन महेश पौडेलले र सम्पादन बन्दे प्रसादले गरेका हुन्।
गीतःगीतः




