महिला हिंसा र असुरक्षाको विषय उठान गर्दै तीज गीत ‘गाउँ घरमा’ सार्वजनिक



काठमाडौं – हरितालिका तीजको अवसर पारेर समाजमा बढ्दै गएको महिला हिंसा र असुरक्षाको विषयलाई समेटेर नयाँ तीज गीत ‘गाउँ घरमा’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमार्फत बलात्कार र छोरीहरूको असुरक्षाजस्ता गम्भीर सामाजिक मुद्दालाई प्रस्तुत गर्दै ‘छोरी कहाँ सुरक्षित छन् ?’ भन्ने प्रश्न उठाइएको छ। भिडियोको सुरुवातमा नाचिरहेका तीन चेलीको जीवनमा घट्ने अप्रिय घटनालाई भिडियोको अन्त्यमा मार्मिक ढंगले प्रस्तुत गर्दै मनोरञ्जनका साथै सामाजिक सचेतना जगाउने प्रयास गरिएको छ।

फिरोज बस्नेतको शब्द तथा सङ्गीत रहेको यस गीतमा सलिना बिके, समिरा थपलिया र श्रेया राईले स्वर दिएका छन्। गीतको एरेन्ज दीक्षित पौडेल र मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन्। प्राविधिक पक्षतर्फ, निर्मल कुमार लामाको निर्देशन रहेको यस भिडियोको कोरियोग्राफी अन्जान मोक्तानले गरेका हुन्। भिडियोमा पवन सुस्लिङ्गको छायांकन तथा सम्पादन र प्रवेश खत्रीको प्रोजेक्ट व्यवस्थापन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu