चलचित्र ‘बाकस’ मा मुख्य अभिनेताका रूपमा महेश त्रिपाठी अनुबन्धित



काठमाडौं – वैदेशिक रोजगारीको कथावस्तुमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘बाकस’मा मुख्य अभिनेताका रूपमा महेश त्रिपाठी अनुबन्धित भएका छन्। निर्माण पक्षले आइतबार उनलाई औपचारिक रूपमा चलचित्रका लागि अनुबन्ध गरेको हो। यस चलचित्रमा अभिनेत्रीद्वय बिपना थापा र वर्षा राउत यसअघि नै मुख्य भूमिकाका लागि तय भइसकेका छन्।

पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रको लेखन तथा निर्देशन नवीन पन्तले गर्दैछन्। वैदेशिक रोजगारीको सामाजिक आयामलाई मुख्य विषयवस्तु बनाइएको यस चलचित्रको पूर्वतयारी हाल तीव्र रूपमा भइरहेको छ। निर्देशक पन्तका अनुसार अन्य बाँकी कलाकार तथा प्राविधिक टोली छनोटको काम अन्तिम चरणमा पुगेको छ भने आगामी दशैंलगत्तै चलचित्रको छायांकन सुरु गर्ने योजना रहेको छ।

सुजिता चौलागाईंको निर्माण रहने यस चलचित्रमा छत्र बहादुर खड्का सह-निर्माता र धर्मेन्द्र पन्त कार्यकारी निर्माताका रूपमा रहेका छन्। चलचित्रको सङ्गीत दीपक शर्मा र सनम पुरुष राईले तयार पार्नेछन् भने गीतका शब्दहरू दीपक शर्मा र निर्देशक पन्त स्वयंले लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu