ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली चलचित्रमा आवद्द व्यक्तिहरु व्यापारमा मात्र नभएर समाजसेवामा पनि उद्दत छन् । विदेशमा रहेर नेपाली चलचित्रमा लगानी गर्ने निर्माता मध्येका एक क्रिश रिजाल पनि समाजसेवामा देखिएका छन् । आफ्नो जन्मदिनको अवसर पारेर अमेरिकाबाट नेपालमा रहेको एक बाल आश्रममा आर्थीक सहयोग गरेका छन् ।
अमेरिकामा बसेर चलचित्र तथा गीत-संगीत मार्फत नेपाली कला क्षेत्रमा लगानी गरिरहेका रिजालले काठमाण्डौको धापासीस्थित ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’लाई आर्थीक सहयोग गरेका हुन् । आफ्नो व्यावसायमा मात्र केन्द्रित नभई आफ्नो अवस्था अनुसार समाजसेवामा लगानी गर्नु आजको आवश्यकता बोध गरेर आफुले अनाथ बालबालिकालाई सहयोग गरेको रिजालले बताए ।
रिजालले यसअघि ‘बितेका पल’ नामक चलचित्र निर्माण गरेका थिए । साथै, उनका केहि गीत समेत बजारमा आएका छन् ।