ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आफ्नो जन्मभूमि पूर्व ताप्लेजुङ छोडेर दुई दशकदेखि हङकङमा बसोबास गर्दै आएकी भद्रकला आङबुहाङ राईले आफूद्वारा रचित अजम्बरी एल्बममा समावेश क्षितिज भन्दा टाढा नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रजिना रिमालको स्वर रहेको सार्वजनिक गीतमा भद्रकला आङबुहाङ राईको शब्द र सुरेश अधिकारीको संगीत रहेको छ ।
सार्वजनिक म्युजिक भिडियोमा नायिका झरना थापा र दिवशले अभिनय गरेका छन् । भिडियोमा झरना थापा दिवशको यादमा डुवीरहेको र दिवशको सम्झनामा कल्पिरहेको देख्न सकिन्छ । निशान घिमिरेको सम्पादन रहेको भिडियोमा धिरज जंग शाहीको छायांकन र प्रदिप कुमार निरौलाको निर्देशन रहेको छ ।
केहि समय अगाडी मात्र राजधानीमा एक कार्यक्रम गरि विमोचन गरिएको अजम्बरी एल्बम भित्र तिम्रो याद, क्षितिजभन्दा टाढा, मखमली पछ्यौरी, पर्नु पीर पर्यो, धोका रैछ जिन्दगी र एनी गाँठे तम्मेर गरी जम्मा ६ गीत संग्रहित गरिएको छ भने राजेश पायल राई, दीपक लिम्बु, अञ्जु पन्त, रजिना रिमाल र आस्था राउतले स्वर दिएका छन् ।
भिडियो हेर्नुहोस्: