काठमाण्डौ अन्तराष्ट्रिय फिल्म फेस्टिवल सुरु



KIMFF

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाल फिल्म सोसाइटीले आयोजना गरेको दोस्रो काठमाडौ अन्तराष्ट्रिय फिल्म फेस्टिवल (किफ) सोमबारबाट राजधानीमा सुरु भएको छ । पाँच दिनसम्म चल्ने यस फिल्म फेस्टिवलमा १० देशका १७ फिल्म देखाइने छ ।

रुसी साँस्कृतिक केन्द्रमा वरिष्ठ नेपाली फिल्म निर्देशक बि.एस. थापा तथा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द सहित रुस, इजरायल, साउथ कोरिया, युरोपियन युनियनका राजदुत एवं भारत, डेनमार्क, स्वीट्जरल्यान्डका प्रतिनिधिहरुले महोत्सवको सामुहिक शुभारम्भ गरेका थिए । महोत्सवको उद्घाटनमा नवराज बुढाथोकी निर्देशित ‘वनफूल’ देखाइयो ।

महोत्सवका पाँचै दिन एक-एक वटा नेपाली फिल्म देखाइने यस महोत्सवमा नेपालका तर्फवाट डा.खाते, पल, काठमाडौं एवम भिमदत्त सहभागी छन् । मङ्गलवार रविराज अर्याल निर्देशित नेपाली फिल्म ‘डा. खाते’ सहित रुस, इजरायल तथा स्विट्जरल्यान्डका फिल्महरु देखाइने छ । महोत्सव नेपाली फिल्म ‘भिमदत्त’ देखाउँदै समापन हुनेछ । महोत्सवमा प्रवेश निस्शुल्क गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu