ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चैत १३ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘भूल भूलैया’ को गीत रिलिज भएको छ । सार्वजनिक ‘माया राम्रो डबल सिम’ बोलको गीतमा जिवन लुइँटेल र नायिका निता ढुङ्गाना देखिएका छन् । गीतमा बसन्त सापकोटाको संगीत र प्रल्हाद तिमिल्सिना र मल्लिका कार्कीको स्वर छ ।
सार्वजनिक गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । चलचित्रमा दिनेश कुमार पोखरेलको प्रस्तुती, सुशिल कार्की, सुरेश गौतम, मणिराज दाहाल निर्माता रहेका छन् । चलचित्रमा निरज ढकाल कार्यकारी निर्माता रहेका छन् भने चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ ।
रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्र ‘भूल भुलैया’मा बसन्त सापकोटाको संगीत रहेको छ । योगेश घिमिरे निर्माता निर्देशक रहेको चलचित्र भूल भुलैयामा निता ढुंगाना, जीवन लुईँटेल र शोहित मानन्धर लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
भिडियो हेर्नुहोस्: