भुवन केसीलाई एमालेको टिकट, काठमाडौं १ बाट प्रत्यक्षतर्फ लड्ने



bhuwan-KCठुलोपर्दा डटकम, काठमाण्डौ। नेकपा एमालले वरिष्ठ अभिनेता भुवन केसीको उम्मेदवारी घोषणा गरेको छ । काठमाडौं १ बाट प्रत्यक्षतर्फ केसी चुनाव लड्नेछन् ।

यसअघि सिफारिसमा परेका नायक केसीको नाम हटाइए पछि ठूलै काण्ड मच्चिएको थियो । राप्रपा नेपालमा प्रवेश गर्ने चर्चाले हंगामा मच्चाएका केसीले पुन: टिकट पाएका हुन् । एमालेले भुवनको नाम हटाएर नेत्री सावित्रा भुषालको नाम अगाडी सारेको थियो ।

उम्मेदवार सिफारिस हुनु पूर्व नै नेताहरुसँग टिकटको लागि लबिङ्ग गर्दै हिँडेका नायक केसीको नाम एकाएक हट्नुलाई शंकाको रुपमा हेरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu