‘न्यू यर’ नामक चलचित्र बनाउँदै ग्रिष्मा इन्टरटेन्मेन्ट



new-year-nepali-cinema-announce

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बर्षौँ देखी नेपाली कलाक्षेत्रलाई नजिकबाट हेरीरहेको ग्रिष्मा इन्टरटेन्मेन्टले चलचित्र निर्माणको घोषणा गरेको छ । समय-समयमा भव्य सांगीतिक कार्यक्रमहरु आयोजना गदैं आएको ग्रिष्मा इन्टरटेन्मेन्टले पहिलो पटक चलचित्र निर्माणमा हात हालेको हो । आइतबार राजधानीको एभरेष्ट होटलमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘न्यू यर’ निर्माणको घोषणा गरिएको छ । नायिका वेनिशा हमाल र नायक अनुप विक्रम शाहीको मुख्य भूमिकामा रहने चलचित्रलाई प्रविण श्रेष्ठले निर्देशन गर्ने छन् । यसअघि मोक्ष चलचित्र निर्देशन गरेको प्रविणले उक्त चलचित्रबाट तारिफ र अवार्ड दुवै हात पार्न सफल भएका थिए ।

बेनिशा र अनुपविक्रम बाहेक चलचित्रमा अन्य केहि कलाकारहरुको अभिनय रहने चलचित्रलाई गृहेन्द्र घिमिरे र अष्ट्रेलियामा रहँदै आएका प्रताप खरेल र कर्णराज वंशीको लगानीमा बनाउन लागिएको हो । चलचित्रको छायांकन अष्ट्रेलिया र नेपालमा हुने जनाइएको छ ।

करिब आधा दर्जन बढि चलचित्रमा अभिनय गरेकी नायिका बेनिशा हमालले कार्यक्रममा बोल्दै ‘न्यू यर’ आफ्नो लागी भाग्यमानी सावित हुने बताईन् । ‘मेरो चलचित्रमा सशक्त भुमिका छ त्यसैले ‘न्यू यर’ चलचित्र मेरो लागी भाग्यमानी सावित हुनेछ’ बेनिशाले बताईन् । त्यस्तै नायक अनुपविक्रम शाही पनि चलचित्र ‘न्यू यर’लाई लिएर खुसी देखिएका छन् । कार्यक्रममा बोल्दै कलाकार शाहीले भने, ‘राम्रो टिमसँग काम गर्ने मौका पाएको छु, त्यसैले चलचित्र ‘न्यू यर’ राम्रो र उत्कृष्ट बन्नेछ ।’ मोक्ष चलचित्र निर्देशन गरेका निर्देशक प्रविण पनि चलचित्र न्यू यरलाई उत्कृष्ट चलचित्र बनाउनेमा सुरमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu