अब सांगीतिक कन्सर्टमा देखिँदै ‘होस्टेल रिटर्न्स’



hostel-returns-poster-1ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बैशाख २५ गतेबाट देशभर प्रदर्शनका आउन लागेको चलचित्र ‘होस्टेल रिटर्न्स’ यूनिटले यति बेला चलचित्रको प्रचार प्रसारमा नयाँपन दिइरहेको छ । केहि दिन अगाडी मात्र चलचित्रको फष्टलुक पोष्टर र प्रोमो लाइभ प्रस्तुती दिएको चलचित्र यूनिट यति बेला नेपाल भित्र सञ्चालनमा रहेका विभिन्न कलेजहरुमा प्रोमो मञ्चन गरिरहेको छ । पहिलो पटक चलचित्रको प्रचार प्रसारमा नयाँपन अपनाएको चलचित्र ‘होस्टेल रिटर्न्स’ यूनिटले अब सांगीतिक कन्सर्टमा पनि आफ्नो उपस्थिती जनाउने भएको छ ।

बिटुएच इभेन्टले फागुन २ गते हेटौडा, ५ गते चितवनको नारायणी नदी किनार र ७ गते बुटवलमा आयोजना गर्न लागेको ‘यात्रा २०१५’ नामक कन्सर्टमा ‘होस्टेल रिटर्न्स’ यूनिटले सहकार्य गर्ने भएको छ । उक्त कन्सर्टमा चलचित्रको लाइभ प्रोमोसगैं चलचित्रको प्रचार प्रसार गरिने निर्माता सुनिल रावलले जानकारी दिए । उक्त सांगीतिक कार्यक्रममा चितवनको द स्याडोज ब्याण्ड, लाउरे, रक एन रोल ब्यान्ड, रबिन तामाङको ब्यान्ड सहित विभिन्न कलाकारहरुले प्रस्तुती दिने तयारी गरेका छन् ।

सायद र होस्टेल जस्तो सफल चलचित्र निर्माण गरेका सुनिल रावलले चलचित्रको प्रचार प्रसारमा चलचित्रको प्रोमो नै मञ्चन गर्ने पहिलो निर्माता हुन् । चलचित्रमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, दीया मास्के लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा स्वप्निल आचार्यको संगीत, हरि हुमागाइको छायांकन, अष्ट महर्जनको एक्सन, गोविन्द राइको नृत्य, सुरज भुषाल र सन्तोष लम्सालको पटकथा समावेश छ ।

दुर्गिश फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘होस्टेल रिटर्न्स’ले छात्रावासमा बस्ने पात्रहरुको जीवनशैली, प्रेम, आकर्षणलाई प्रस्तुत गर्ने बताईन्छ । चलचित्रलाई सुरज भुषालले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu