‘वन वे’को बिशेष शो



one-way-special-show

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फागुन १ गते शुक्रबार देखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘वन वे’ को बुधवार काठमाडौंको सुन्धारास्थित सिने दि सेफमा बिशेष शो गरिएको छ । सञ्चारकर्मी, कलाकर्मी तथा चलचित्र यूनिटको साथमा उक्त शो गरिएको हो ।

चलचित्र हेर्न चलचित्रका नायक सिद्धार्थ गुरुङ्का पिता दिपक मनाङे पनि पुगेका थिए । उनले छोराको खुलेर तारिफ गरे । सिद्धार्थले यसै चलचित्रबाट डेब्यू गरेका हुन् । त्यस्तै, नायिका माला लिम्बुले पनि यसै चलचित्रबाट डेब्यू गरेकी हुन् । चलचित्र हेरेपछि सञ्चारकर्मी तथा कलाकर्मी बधाई तथा शुभकामना दिए ।

‘वन वे’मा करिश्मा मानन्धर, रविन तामाङ, सिद्धार्थ गुरुङ, माला लिम्बु, विल्सन विक्रम राई, आकाश खवास, रुपा राणा लगाएतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा राजकुमार राई र दीपक मनाङेको लगानी छ । आरसी पिक्चर्सको ब्यानरमा तयार भएको यो चलचित्रले बाबु-आमा नमिल्दा छोराछोरी गलत बाटोमा जान्छन् भन्ने देखाउन खोजेको छ । चलचित्रलाई प्रदिप भट्टराइले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu