‘इच्छा’लाई एकल छोडेर ‘धुन’सँग ‘माला’को प्रतिस्पर्धा



mala-nepali-cinemaठुलोपर्दा डटकम, काठमाण्डौ ।
फागुन ८ गते चलचित्र ‘इच्छा’सँग एकसाथ प्रदर्शनमा आउने भनिएको नेपाली चलचित्र ‘माला’ले आफ्नो प्रदर्शन मिति पर सरेको छ । चलचित्रको प्रचारप्रसार नपुगेको भन्दै निर्माणपक्षले प्रदर्शन मिति पर सारेको हो ।

निर्माता शिशिर राणाका अनुसार अब चलचित्र चैत ६ गते अलनेपाल रिलिजमा आउनेछ । अब चलचित्र ‘माला’ले चैत ६ गते जीवन लुईँटेल तथा मुकेश ढकाल अभिनित चलचित्र धुनसँग प्रतिस्पर्धा गर्ने छ । सुदिप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा प्रियंका कार्की, आर्यन सिग्देल, सुमिना घिमिरे, प्रज्वल सुजल गिरी, लुनिभा तुलाधर, शम्भु थापा, विद्या कार्की, सुनिता ठाकुर लगायतका कलाकारले अभिनय गरेका छन् ।

नक्षत्र फिल्मसको ब्यानरमा तयार पारिएको यो चलचित्रलाई सस्पेन्स थ्रिलर भनिएको छ । चलचित्रमा नायिका प्रियंका कार्की डरलाग्दो अवतारमा देखिनेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu