महिला हिंसाका बारेमा अध्ययन गर्दै एञ्जेलिना



Angelina-joile-social-work

हलिउडकी सफल अभिनेत्री तथा निर्देशक एन्जिलेना जोलीले संसारका युद्धग्रस्त स्थानमा हुने महिला हिंसाका बारेमा अध्ययन गर्ने केन्द्र स्थापना गरेकी छिन् । बेलायतको लण्डन इकोनोमिक्स स्कुलमा सेन्टरको उद्घाटन गर्दै जोलीले इराक, सिरिया लगायतका युद्धग्रस्त क्षेत्रमा महिलामाथि हुने हिंसाका बारेमा सेन्टरका विद्यार्थी तथ्य पत्ता लगाउने आशा व्यक्त गरिन् ।

संयुक्त राष्ट्रसंघिय शरणार्थी उच्च आयोगकी सद्भावना दुत समेत रहेकी जोलीले युद्धग्रस्त क्षेत्रमा महिला तथा किशोरीमाथि हिंसा हुने उल्लेख गरेकी छन् । उनले युद्धको बेला हुने महिला माथिका हिंसाका पीडितले न्याय नपाउने भएकाले सेन्टरमा भएको तथ्यले प्रमाणको काम गर्ने बताएकी छन् ।

उनी बेला बेलामा आफ्ना लागी मात्र नभएर देशवासी देखी अन्यदेशका बासिन्दाको समेत चिन्ता गर्ने गर्छिन् । त्यहि क्रममा एन्जेलिना जोलीले सिरिया र इराकमा बयान गर्नै नसकिने क्रूरता झेलिरहेका शरणार्थीको बारेमा केही कदम उठाउने अन्तर्राष्ट्रिय समुदायलाई बताएकी छन् । उनको मानवीय मन र सहयोगका लागि पहलको विश्वमै प्रशंसा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu