ठुलोपर्दा डटकम, काठमाण्डौ ।
दुई नेपाली चलचित्र ‘वन वे’ र ‘सुन्तली’ देशभर एकसाथ प्रदर्शनमा आएका छन् । करिब ६० वटा भन्दा बढि पर्दामा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘वन वे’ले बाबु-आमा नमिल्दा छोराछोरी गलत बाटोमा जान्छन् भन्ने देखाउन खोजेको छ । त्यस्तै एउटा नारीको बदलाको कथामा आधारित सुन्तली तयार भएको छ ।
चलचित्र वन वेलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन् । चलचित्र ‘वन वे’ लाई राजकुमार राई र दीपक मनाङेले लगानी गरेका हुन् । यस चलचित्रमा करिश्मा मानन्धर, रविन तामाङ, सिद्धार्थ गुरुङ, माला लिम्बु, विल्सन विक्रम राई, श्याम राई लगाएतका कलाकारहरुको मुख्य भूमिका छ । आरसी पिक्चर्सको ब्यानरमा तयार भएको यो चलचित्रलाई प्रदिप भट्टराइले लेखेका हुन् ।
भाष्कर ढुंगानाले निर्देशनमा तयार भएको चलचित्र ‘सुन्तली’मा प्रियंका कार्की, कर्मा, अर्पण थापा, सूर्यमाला शर्मा, राजकुमार पुडासैनी, प्रमोद अग्रहरी, आशान्त शर्मा आदि कलाकारको प्रमूख भूमिका रहेको छ ।