उत्तेजक दृश्य काटेर ‘झिग्राना’लाई ‘एडल्ट’ सर्टिफिकेट | रिलिज भो अर्को नयाँ ट्रेलर (भिडियो)



zhigrana

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
हलिउड र बलिउडमा मात्र होइन बेला बेलामा नेपाली फिल्मका केहि दृश्यहरुले पनि धमका मच्चाउने गरेका छन् । फागुन २२ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘झिग्राना’मा समावेश एक उत्तेजक बेडसिनले यति बेला सिंगो नेपाली चलचित्रक्षेत्र नै तातेको छ । निकै आर्कषक तवरले खिचिएको उक्त दृश्यलाई सेन्सर बोर्डले भने पास गर्न सकेको छैन् । उक्त उत्तेजक बेडसिनमा कलाकार निकुन श्रेष्ठ र मेनुका प्रधान वेडसिनमा फिचराइज छन् ।

चलचित्रको उक्त दृश्य हटाएर सेन्सर बोर्डले ‘झिग्राना’ लाई ‘एडल्ट’ सर्टिफिकेट दिएको छ । सेन्सरबाट ‘एडल्ट’ सर्टिफिकेट पाएपछि चलचित्र यूनिटले ‘झिग्राना’ को अर्को नयाँ अफिसियल ट्रेलर सार्वजनिक गरेको छ । हना गेस्चिव्स्की, निकुन श्रेष्ठ, मेनुका प्रधान, ज्योती कार्की, शान्ती गिरी, दिवाकर पिया, बिना पाण्डे, अरुण रेग्मीको मुख्य भुमिका रहेको चलचित्र ‘झिग्राना’ लाई पासाङ लामाले निर्देशन गरेका हुन् ।

चलचित्रले आफ्नो प्रचार प्रसारको क्रममा विश्वव्यापी गायन प्रतियोगीताकै आव्ह्वान गरेको छ । यो प्रतियोगीतमा उत्कृष्ट हुनेले एक लाख नगद रुपैयाँ पाउने छन् । गोल्डेन याक इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, इमान विक्रम शाहको संगीत तथा पार्श्र्वगायन रहेको छ । राहुल बाडवेल्करको ध्वनी रहेको फिल्म ‘झिग्राना’ मा प्रकाश चाँदवकरको कला निर्देशन छ । सस्पेन्स तथा थ्रिलर कथा बोकेको चलचित्र ‘झिग्राना’ले एउटा कुख्यात हत्याराले कालपञ्चमीको नाममा मानिसको बलि दिन्छ । यही समुहले ‘झिग्राना’ गाउँमा भोगेको विभिन्न रहस्यमय घटनालाई चलचित्रमा उठान गरिएको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu