ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायिका अशिष्मा नकर्मी गर्भवती भएकी छिन् । तर उनी वास्तविक जीवनमा भने गर्भवती भएकी भने होइनन् । संचारकर्मी तथा म्युजिक भिडियो निर्देशक प्रदिप निरौलाले निर्देशन गरेको एक म्यूजिक भिडियोमा उनीले गर्भवती महिलाको भुमिका निभाएकी छिन् ।
शिव के चौधरीको आवाजमा रहेको ‘नभेट्दा त मन यती मिल्छ’ बोलको गीतको म्यूजिक भिडियोमा बाबु भण्डारी र अशिष्मा नकर्मीले अभिनय गरेका छन् । सार्वजनिक भिडियोमा बाबुले अशिष्मालाई बिहे गरेको र आफु बाबु बन्न लागेको दृश्यलाई समावेश गरिएको छ । गीतमा सागर अधिकारीले संगीत भरेका छन् भने प्रकाश सुवेदीका शब्द समावेश छन् । सार्वजनिक भिडियोलाई शिवराम श्रेष्ठले खिचेका हुन् ।
भिडियो हेर्नुहोस्: