‘भ्यालेण्टाइन डे’मा होस्टेलका ठिटा-ठिटी मुसुक्कै हाँसेपछि …



musukkai-hasnele-hostel-returns-audio-song

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बैशाख २५ गतेबाट देशभर प्रदर्शनका आउन लागेको चलचित्र ‘होस्टेल रिटर्न्स’ले भ्यालेण्टाइन डेलाई प्राथमिकता दिँदै अडियो गीत सार्वजनिक गरेको छ ।

स्वप्निल शर्मा र श्रेया सोताङ्को स्वरमा रहेको यस गीतका रचयिता तथा संगीतकार स्वप्निल नै हुन् । ‘मुसुक्कै हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो’ बोलको यो गीतले युवा-युवतीको प्रेमलाई दर्शाउँछ ।

सायद र होस्टेल जस्तो सफल चलचित्र निर्माण गरेका सुनिल रावलले बनाएको यस चलचित्रमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, दीया मास्के लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा स्वप्निल आचार्यको संगीत, हरि हुमागाइको छायांकन, अष्ट महर्जनको एक्सन, गोविन्द राइको नृत्य, सुरज भुषाल र सन्तोष लम्सालको पटकथा समावेश छ ।

दुर्गिश फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘होस्टेल रिटर्न्स’ले छात्रावासमा बस्ने पात्रहरुको जीवनशैली, प्रेम, आकर्षणलाई प्रस्तुत गर्ने बताईन्छ । चलचित्रलाई सुरज भुषालले निर्देशन गरेका हुन् ।

गीत सुन्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu