सोनमको घरबाट चोरियो साढे पाँच लाखको हार



Sonam-Kapoor

नायक अनिल कपुरकी छोरी एवं हिरोइन सोनम कपुरको मुम्बईको उपनगर जुहूस्थित घरबाट झण्डैं साढे पाँच लाख रुपैया भारतीय मुल्य पर्ने हिराको हार चोरी भएको छ । सोनमले हिराको हार चोरएको विषयमा ५ फेब्रुअरीमा जुहुको पुलिसमा उजुरी दिएकी थिइन् । तर, हालसम्म पुलिसले उनको हार खोजीमा सफलता हासिल गर्न सकेको छैन ।

पुलिसका अनुसार फेब्रअरी ४ मा सोनम आफ्नी आमाका साथ एक पार्टीमा सहभागी भएकी थिइन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘पार्टीमा उनी हार र अन्य आभूषण पहिरिएर गएकी थिइन् । उनलाई यी आभूषण प्रचारका लागि दिइएको थियो जुन पछिल्लो दिन उनले फिर्ता गर्नुपर्ने थियो । पुलिसले यस विषयमा अनुसन्धान जारी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu