सडक बालबालिकाको कथामा चकलेट | ट्रेलर, गीत र पोष्टर सार्वजनिक 



chocolate

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सडक बालबालिकाको कथालाई उठान गरिएको चलचित्र चकलेटको सोमवार राजधानीमा एक कार्यक्रमका विच ट्रेलर, एउटा गीत र फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ ।

चलचित्र ‘चकलेट’ पूजना स्त्रीको प्रस्तुतीमा खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् । निर्मल शर्मा ‘गैँडा’ले चलचित्रलाई निर्देशन गरेका छन् । चलचित्रमा पुजना स्त्री, आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य, केशव भट्टराई, सुमन गैरे लगायत आधा दर्जनभन्दा बढि बालबालिकाको अभिनय देख्न सकिन्छ ।

कार्यक्रममा बोल्दै नायिका एवं निर्मात्री पुजना स्त्रीले चलचित्र चकलेट एक पटक सबैले हेर्नु पर्ने चलचित्र भएको उल्लेख गरेकी छिन् । सडक बालबालिकाको अवस्थालाई चित्रण गरेका कारण चलचित्रले सबै बर्गका दर्शकको मन छुने पुजनाले विश्वास व्यक्त गरेकी छिन् । त्यस्तै चलचित्रका निर्देशक निर्मल शर्मा ‘गैँडा’ले आफ्नो निकै मेहेनत गरेर चलचित्र निर्माण गरेको बताए ।

चलचित्र चकलेटले सडक बालबालिकाको कथा बोकेका कारण चकलेट जस्तै स्वादिलो र मिठो चलचित्र चकलेट बनेको निर्देशक शर्माले दाबी गरे । चलचित्रको कथा स्वयं चलचित्रकी निमात्री तथा नायिका पुजना स्त्रीले लेखेकी हुन् । चलचित्रमा अर्जुन पोखरेल, शिखर सन्तोष, रायन कार्कीको संगीत, प्रसन्न पौडेल र बब्बु थापाको नृत्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu