ठुलोपर्दा डटकम ।
चर्चित हाँस्य कलाकारद्धय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य कबिर दश वर्षपछि कोरिया पुगेका छन् । एनआरएन कोरियाले आयोजना गर्न लागेको महामेला साङ्गीतिक कार्यक्रममा भाग लिन मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य मंगलबार कोरिया पुगेका हुन् । उनीहरुसगें कार्यक्रममा सहभागी हुन कार्यक्रमका लागि गायक प्रमोद खरेल, गायिका रोजिना रिमाल, नायिका छुल्ठिम गुरुङ्, लोकगायिका देवी घर्ती मगर पनि कोरिया पुगेका छन् ।
कोरियामा आउन पाउँदा सम्पुर्ण कलाकारहरुले खुसी मानेका थिए । मंगलबार साँझ कलाकारहरुलाई स्वगत गर्न कोरियाका एनआरएन अध्यक्ष विनोद कुँवर, उपनियोग प्रमुख राजाराम बर्तौला, एनआरएन एसिया प्यासिफिक संयोजक गङ्गा राज राई, श्रम सहचारी अनिल गुरुङ, नेपाली जनअधिकार मन्चका अध्यक्ष सागर न्यौपाने लगायतको जम्बो टोली इन्छन विमानस्थल पुगेको थियो ।
महामेला संगितिक कार्यक्रम १८ तारिख बुधवार कोरियाको बुसान क्षेत्रमा रहेको छ भने १९ तारिख बिहीबार राजधानी सउलमा रहेको छ ।