ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सडक बालबालिकाको कथालाई उठान गरिएको चलचित्र चकलेटको पहिलो गीत रिलिज भएको छ । ‘हद भन्दा बढी’ नामक सार्वजनिक गीतमा निर्मात्री एवं नायिका पूजना स्त्री र नव नायक आयुष्मान घिमिरे फिचरिङ छन् । सार्वजनिक भिडियोमा पूजना र आयुष्मानको अटुट मायालाई देखाइएको छ । शिखर सन्तोषको संगीत रहेको सार्वजनि गीतमा विश्व नेपाली र मिलन अमात्यको स्वर रहेको छ । शब्द आनन्द अधिकारीले लेखेका हुन् ।
चलचित्र ‘चकलेट’ पूजना स्त्रीको प्रस्तुतीमा खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् । निर्मल शर्मा ‘गैँडा’ले चलचित्रलाई निर्देशन गरेका छन् । चलचित्रमा पुजना स्त्री, आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य, केशव भट्टराई, सुमन गैरे लगायत आधा दर्जनभन्दा बढि बालबालिकाको अभिनय देख्न सकिन्छ ।
चलचित्रको कथा चलचित्रकी निमात्री तथा नायिका पुजना स्त्रीले लेखेकी हुन् । चलचित्रमा अर्जुन पोखरेल, शिखर सन्तोष, रायन कार्कीको संगीत, प्रसन्न पौडेल र बब्बु थापाको नृत्य रहेको छ ।
गीत हेर्नुहोस्: