नेपाली राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङ अस्पतालमा



Ambar-gurungठुलोपर्दा डटकम, काठमाण्डौ ।
वरिष्ठ संगीतकार एवं संगीत तथा नाट्य कला प्रतिष्ठानका उपकुलपति अम्बर गुरुङ अस्वस्थ भएका छन् । उनको हाल काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।

राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरुङ केहिवर्षयता पार्किन्सन्स र मधुमेहबाट पीडित थिए । गुरुङ बिहीबार अचानक घरमा लडेपछि टाउकोमा चोट लागेको पारिवारिक श्रोतले जनाएको छ । उनलाई तत्काल ग्राण्डी अस्पताल पुर्याएर भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

उनको अवस्था खतरा मुक्त भएपनि उनको अवस्थाबारे थप परीक्षणहरु पछि मात्र केहि भन्न सकीने ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu