आलोक नेम्वाङ्लाई सम्झेर भक्कानिए पाठक (भिडियो सहित)



ramsharan-pathak

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फागुन १५ गतेबाट मुलुकभर प्रर्दशनको तयारी गरिरहेको चलचित्र ‘अझै पनि’को बारेमा कुराकानीको क्रममा चलचित्रका लेखक रामशरण पाठक भक्कानिएका छन् । स्व. निर्देशक आलोक नेम्वाङ्लाई सम्झिँदै उनि भावुक भएका हुन् ।

चलचित्र रिलिज नहुँदै संसार त्यागेका निर्देशक आलोकसँग पहिलो भेटबाट नै अत्यन्तै नजिकिएका पाठकको पहिलो भेट मोवाइल म्यासेजबाट भएको थियो । पाठकसँग निर्देशक आलोकले नयाँ चलचित्र बनाउन चाहेको कुरा म्यासेजमा उल्लेख गरेका थिए । यस अघि पनि कथा र निर्देशनलाई निरन्तरता दिँदै आएका पाठकले आलोकको म्यासेजसँगै आफै धेरै उत्साहित भएको भन्न नपाउँदै अन्र्तवार्ताको क्रममा भक्कानिन पुगे । पाठकले भन्दै थिए ‘आलोक सरले नेपाली पन भएको एउटा कथा मलाई लेखिदिनु पर्यो भन्नुभयो र उहाँले भने अनुसार कथा कसरी बुन्ने भनेर गम्भिर भएर सोच्न थालेँ । मैले आलोक सरको लागी उत्साहित भएर लेखेको कथा नै पहिलो र अन्तिम बन्न पुग्यो’ । यति भनीरहँदा उनी भावुक मात्रै बनेनन् उनका आँखाभरी आँसु टिलपिल टिलपिल गरीरहेका थिए ।

आलोकका यस अघिका दुई चलचित्रमा पूर्ण नेपाली पनलाई चाहेर पनि झल्काउन नसकिरहेको अवस्थामा अझै पनि मार्फत त्यसको पुर्ती गर्न चाहेका थिए । यस अघि पनि सफल चलचित्र लेखेका पाठकले आलोकको चाहना अनुसार विशुद्द नेपाली चलचित्र ‘अझै पनि’ लेखेका थिए । भिडियोमा हेरौँ लेखक तथा कलाकार रामशरण पाठसँगको कुराकानी:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu