‘षडङ्ग’को भिडन्त ‘भूल भूलैया’सँग



shadangठुलोपर्दा डटकम, काठमाण्डौ ।
चैत १३ गते भूल भूलैयासँग एकसाथ प्रदर्शनमा आउन नयाँ चलचित्र ‘षडङ्ग’ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ । वुधबार राजधानीमा पत्रकार सम्मेलन गदैं निर्माणयूनिटले चलचित्रको रिलिज मिति, ट्रेलर, गीत र पोष्टर सार्वजनिक गरिएको छ । विजय लामा, सौगात मल्ल, अनुप बराल, प्रियंका कार्की, सौरमराज तुलाधर, ए गुरूङ, नविन मानन्धरको अभिनय रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, सुजेन्द्र डी कार्कीको संगीत, अष्ट महर्जनको द्वन्द्व, गोविन्द राइको नृत्य निर्देशन छ ।

अभिनेत्री हर्षिका श्रेष्ठले एक गीतमा मात्र नृत्य गरेकी छिन् । चलचित्रको ट्रेलर, पोस्टर र गीत सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक सुरज सुनुवारले चलचित्र ‘षडङ्ग’ले दर्शकलाई नयाँ स्वाद दिने दाबी गरे । दर्शकको चाहाना अनुरुपको चलचित्र बनेका कारण दर्शकले चलचित्रलाई अत्याधिक मनपराउने बताउदैं निर्देशक सुनुवारले चलचित्र ग्याङस्टारको कथामा आधारित रहेको बताए । त्यस्तै कार्यक्रममा बोल्दैं कलाकार अनुप बरालले ‘षडङ्ग’ नयाँ स्वाद दिने चलचित्र रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै कलाकार सौगात मल्ल तथा प्रियंका कार्कीले चलचित्र अहिलेको अवस्थामा नयाँ स्वाद दिने चलचित्र बनेको बताए । उनीहरुले दर्शकलाई चलचित्र ‘षडङ्ग’ हरेक पक्षमा रमाईलो लाग्ने बताए । चलचित्रलाई समिर सुनवारले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu