ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फिल्म वितरण कम्पनी डिजिटल सिनेमा नेपालले आफ्नो सिस्टमलाई अपग्रेड गर्दै टुके ईन्कोडिङ सुरु गरेको छ । यो कम्पनीले पहिलो चलचित्र स्वरुप ‘सुन्तली’लाई परिक्षण गरेको थियो । ‘सुन्तली’को परिक्षण पश्चात अब अन्य नेपाली चलचित्र पनि ‘टूके’ फर्माटमै इन्कोडिङ गर्न सकिने डीसीएनले जनाएको छ ।
नेपाली चलचित्र ‘टूके’ र ‘फोर के’मा निर्माण भएपनि प्रविधीको विकास नहुँदा हलमा कम गुणस्तरमा चलचित्र प्रदर्शन हुने गरेका थिए । बिहिबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै डीसीएनका अध्यक्ष अशोक शर्माले टुके क्यामेरा वा फोर के क्यामेराबाट खिचिएका कुनै पनि फिल्मलाई टुके क्वालिटीमै रहेर पर्दामा देखाउन सकिने बताए ।
अध्यक्ष अशोक शर्माका अनुसार नेपालका क्यूएफएक्स च्यानलका ६ वटा पर्दासहित, बीग मुभिजको ३, एफ क्यूबको ३, गोपीकृष्णको १, सिने दि सेफको २, हेटौंडा नारायणी मलको २ र ईटहरी सिनेमाको १ पर्दा गरि २० पर्दामा टूके पद्दतिकै प्रोजेक्सन जडान गरिसकिएको जानकारी दिए । यसरी प्रदर्शन गर्दा सुरक्षित पनि हुने अशोकले जनाएका छन् ।