बैंग्लोरमा हंगामा गर्ने तयारीमा नेपथ्य ब्यान्ड



nepathya-in-banglore-thuloparda-dot-com

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘रेसम फिरिरी..’,’तालको पानी…’,’भेडाको उन जस्तो…’,’जोगले हुन्छ भेट…’ जस्ता वहुचर्चित गीत पस्केर लाखौं श्रोताको ढुकढुकी बनेको नेपथ्य ब्यान्डले भारतको बैंग्लोर तताउने भएको छ । चितवन पेन्ट बल, नेपालीपन डटकम, रक एन रोल्ला र टिएसएन ईभेन्टको सहकार्यमा आयोजनमा हुन लागेको भब्य सांगीतिक कार्यक्रममा नेपथ्य ब्यान्डले हंगामा गर्न लागेको हो ।

नेपाली संगीत क्षेत्रमा निकै लोकप्रिय नेपथ्यलाई बियोन क्रियसनले बैंग्लोर तताउने साइत जुराएको हो । अध्ययनसँगै रोजगारीको कारण बनाएर भारतको बैंग्लोर बसेका नेपालीहरुको सांगितीक तृष्णा मेटाउन हेमन्त ऋतुको मध्यतिर नेपथ्यलाई झिकाईएको आयोजक संस्था बियोन क्रियसनका प्रमुख असिम गिरीले जानकारी दिए । लामो समयदेखी नेपथ्य ब्यान्डलाई बेंग्लोर ल्याउने तयारी भएपनि विभिन्न कारणले नेपथ्य ब्यान्ड बेंग्लोर आउन नसकेको पनि अध्यक्ष गिरीले जानकारी दिए ।

शिक्षाका लागि संगीत भन्ने नाराका साथ मार्च २२ मा हुने कार्यक्रममा नेपथ्यलाई स्थानिय कलाकारहरुको पनि साथ रहने आयोजकले वताएको छ । भारतको बैंग्लोर नेपाली बिद्यार्थीहरुको अध्ययनका लागि आकर्षक केन्द्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu