‘होस्टेल रिटर्न्स’को नयाँ पोष्टर रिलिज



hostel-returns-poster-2

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आउँदो बर्षको वैशाख २५ गते प्रदर्शन हुने लागेको चलचित्र ‘होस्टेल रिटर्न्स’को नयाँ पोष्टर रिलिज भएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका कलाकार सुशिल श्रेष्ठ र शशी श्रेष्ठ देखिएका छन् । सुशिल श्रेष्ठले भने आफ्नो सर्ट खोलेर आफ्नो सुन्दर शरिर देखाएका छन् ।

छात्रावासमा बस्ने पात्रहरुको जीवनशैली, प्रेम, आकर्षणलाई प्रस्तुत गरेको चलचित्रलाई सुरज भुषालले निर्देशन गरेका हुन् । चलचित्रमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, दीया मास्के लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा स्वप्निल आचार्यको संगीत, हरि हुमागाइको छायांकन, अष्ट महर्जनको एक्सन, गोविन्द राइको नृत्य, सुरज भुषाल र सन्तोष लम्सालको पटकथा समावेश छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu