‘लुटेरा’को शुभसाइत



lootera

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
लामो समय देखी निर्माण हुने भनेर बाहिर खबर आएपनि हालसम्म निर्माण हुन नसकेको चलचित्र लुटेराको सोमवार काठमाण्डौका पशुपति मन्दिरमा शुभसाइत गरिएको छ । नेकपा एमालेका सभासद् तथा चलचित्रकर्मी रामबिर मानन्धरले क्ल्याप ठोकेर चलचित्रको शुभसाइत गरेका हुन् ।

दयाराम दाहालले निर्देशन गर्ने यस चलचित्रको बर्षाको कारण छाता ओढेरै मुर्हत गरिएको छ । चलचित्रमा निखिल उप्रेती, सविन श्रेष्ठ, निशा अधिकारी, हर्षिका श्रेष्ठ लगाएतले गर्ने छन् । चलचित्रलाई पूर्णतया एक्सन कथामा रहने निर्माता कायस्थले जानकारी दिए । चलचित्रको छायांकन पनि सोमवारबाटनै सुरु भएको छ । चलचित्रको छायांकन काठमाण्डौ र विरगञ्जमा हुने निर्माणपक्षले जानकारी दिएको छ ।

चलचित्रमा वसन्त सापकोटाको संगीत, मौनता श्रेष्ठको कथा, शिव श्रेष्ठको छायांकन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu