‘पुनर्जन्म’लाई यूनिभर्सल प्रमाणपत्र



punarjanma-censer-certificateठुलोपर्दा डटकम, काठमाण्डौ ।
यहि माघ २२ गतेदेखी अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र पुनर्जन्मलाई सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट दिएको छ । प्रदर्शनको पूर्वसन्ध्यामा मंगलबार सेन्सर पास गर्न पुगेको चलचित्र पुनर्जन्मलाई सेन्सर बोर्डले कुनै पनि दृश्य नकाटी चलचित्रलाई यूनिभर्सल सर्टिफिकेट दिएको हो । अब चलचित्रलाई अब सबै बर्गका दर्शकले हेर्न पाउनेछन् ।

एमके इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो सिनेमामा आर्यन सिग्देल, गजित बिष्ट, केकी अधिकारी, सुस्मिता शाही, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट लगायतका कलाकारको अभिनय छ । यो सिनेमामा मोहनकृष्ण श्रेष्ठ र भद्र बहादुर शाहीले लगानी गरेका छन् ।

चलचित्रमा बसन्तसँगै जयन्त शर्माको संगीत, कविराज गहतराजको नृत्य, अष्ट महर्जनको द्वन्द्व, मिलन अमात्य, अन्जु पन्त, जितु श्रेष्ठको स्वर, शिव ढकाल र नवराज कृष्ण थापाको छायांकन छ । चलचित्रलाई सजन श्रेष्ठको निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu