हङकङमा थिरज राईको ‘यता टाले उता फाटछ’



thiraj-rai

‘प्रेमवाद’ आध्यात्मिक अभियान मार्फत संगित क्षेत्रमा स्थापित भएका गायक थिरज राईले हङकङमा सयौं नेपालीलाई आफ्नो प्रस्तुति मार्फत संगीतको स्वाद चखाएका छन् । आफ्नो एकल सांगीतिक यात्राका क्रममा मलेसिया, बैंकक, सिंगापुर हुँदै हङकङ पुगेका राईले त्यहाँस्थित नमोबुद्ध क्लबको सभाहलमा आफना मार्मिक गीतहरु पस्के ।

‘यता टाले उता फाटछ’, ‘कलियुग हो, ‘यहाँ यस्तै छ चलन’ नामक गीत गाउँदा उपस्थित दर्शकका आँखाबाट आँशु खसेका थिए । इलाम समाजले आयोजना गरेको कार्यक्रममा गायक राईले तेस्रो एल्बम ‘निमन्त्रणा’ बरिष्ठ संगीतकार दिनेश सुब्बाको हातबाट बिमोचन समेत गराए । अत्यन्तै मिहेनत र संघर्ष गरेर एल्बम तयार भएकाले सबैले सुनेर सल्लाह दिन उनले आग्रह गरेका थिए । सभाहल खचाखच दर्शकलाई थिरजले १२ वटा गीत सुनाए । एकदशक बढी सांगीतिक क्षेत्रमा विताएका थिरजका करिब ५० गीतहरु बजारमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu