ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘नेपाली तारा ३’ मा अन्तिम दुई जना प्रतिष्पर्धीलाई उछिनेर ‘नेपाली तारा ३’ प्रताप लामा भएका छन् । ‘नेपाली तारा ३’ को फाइनल समारोह शुक्रवार भद्रकाली, काठमाडौँ स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। उपाधि भिडन्तका लागि छानिएका सुरेश लामा, प्रताप लामा र देबेस राई मध्य प्रतापले बाजी मारेका हुन् । देवस दोस्रो र सुरेश तेस्रो भए ।
लामाले एउटा बजाज डिस्कोभर मोटरसाइकल लगाएत रु.२,५०,००० नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गीत गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ । भदौ १७ देखि धरानबाट सुरु भइ नारायणगढ, बुटवल, पोखरा, भक्तपुर हुँदै राजधानी काठमाडौँसम्म विभिन्न चरणमा गरी अन्तिम तीन जना प्रतिश्पर्धी छानिएका थिए ।