बलिउडका पर्दामा प्राय देखिरहने बलिउडस्टार अक्षय कुमार अभिनित अर्को नयाँ चलचित्र ‘ब्रोदर्स’को फष्टलुक पोष्टर रिलिज भएको छ । केहि महिना अगाडी मात्र प्रदर्शनमा आएको चलचित्र बेबीले खासै कमाल गर्न नसकेपछि निराश बनेका अक्षय यस चलचित्रमा भने फरक भुमिकामा देखिने भएका छन् ।
सार्वजनिक पोष्टरमा अक्षयलाई फरक लुक्स्मा देख्न सकिन्छ । फिल्मको सार्वजनिक गरिएको पोष्टरमा उनि संगै सिद्धार्थमलहोत्रा र ज्याकी श्राफ पनि फरक लुक्समा देखिएका छन् । फिल्मकी नायिका ज्याक्लिन फर्नान्डेज हुन् ।
फिल्म आउदो अगस्त १४ मा रिलिज हुनेछ । करण मलहोत्राको निर्देशनमा तयार भएको यस फिल्ममा करण जोहरको लगानी रहेको छ ।