आनन्द कार्कीलाई ‘एम्बेसडर फर पिस’को उपाधि



Aananda-Karki-peace-ambassdorठुलोपर्दा डटकम, काठमाण्डौ ।
गायक आनन्द कार्कीलाई ‘एम्बेसडर फर पिस’को उपाधि प्रदान गरिएको छ । युनिर्भसल पिस फेडरेसनले काठमाडौंमा आयोजना गरेको बहुसांस्कृतिक पारिवारिक शैक्षिक महोत्सव-२०७१ को अवसरमा उपराष्ट्रपति परामानन्द झा तथा संस्थाका अध्यक्ष एकनाथ ढकालले संयुक्त रूपमा कार्कीलाई उक्त उपाधिले सम्मान गरेका हुन् ।

गायक कार्कीलाई कलाका माध्यमबाट समाजमा सांस्कृतिक शान्तिमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको बताइएको छ । सम्मान पाएपछि कार्यक्रममा बोल्दैं गायक कार्कीले आफुलाई यस सम्मानले अझ धेरै जिम्मेवारी थपेको बताए । केही अघि आफ्नो १४ औं एकल एल्बम गए जाला ज्यान बजारमा ल्याएका गायक कार्की पछिल्लो समय स्वदेश तथा विदेशका सांगीतिक कार्यक्रममा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu