‘नाईं नभन्नु ल ३’ | ट्रेलर रिलिज



nai-navannu-la-3-trailer

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चैत्र २७ गते रिलिज हुने नेपाली चलचित्र ‘नाईं नभन्नु ल ३’को ट्रेलर रिलिज गरिएको छ । ‘नाईं नभन्नु ल’ र त्यसको सिक्वेल ‘नाईं नभन्नु ल २’ लाई दर्शकले रूचाएपछि निर्माण भएको ‘नाईं नभन्नु ल ३’ लाई पनि दर्शकले निकै मनपराउने विश्वास रहेको चलचित्रका निर्माता तथा अघिल्ला सिरिजका निर्देशक विकास आचार्यले जानकारी दिएका छन् । यो चलचित्रलाई भने मुख्य सहायक निर्देशन गर्दै आएका मुस्कान ढकालले निर्देशन गरेका छन् ।

‘नाईं नभन्नु ल ३’मा अनुभव रेग्मी, सफला भट्टराई, आर्यन सिग्देल, सञ्चिता लुईँटेल, सुरज सिंह ठकुरी, संयम पुरी, आश्मा डिसी, प्रियंका कार्की लगाएतको अभिनय रहेको छ । सांगीतिक प्रेमकथामा बनेको ‘नाईं नभन्नु ल ३’मा बसन्त सापकोटाको संगीत रहेको छ । वान टाइम सिनेमा प्रालीको व्यानरमा बनेको यो फिल्मका लेखक तथा निर्माता विकास आचार्य हुन् ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu