चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा मणीराज चयन



FJA-Hetauda

ठुलोपर्दा डटकम, हेटौडा।
नेपाली चलचित्र पत्रकारहरुको हक हितका लागी लड्दै आएको चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा मणीराज गौतम चयन भएका छन् ।

शनिबार मकवानपुरमा भएको तेस्रो अधिवेशनबाट गौतमको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरीएको हो । जसको उपाध्यक्षमा प्रकाश दाहाल, सचिबमा श्रीराम दाहाल, कोषाध्यक्षमा कपिल खड्का र सहसचिबमा अमृता नेपाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रामप्रसाद पण्डित, धिरज थापा, प्रभात लामा, दिपज्योती थापा चयन भएका छन् ।

अधिवेशनमा सहभागी हुन मनवानपुर पुगेका चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले निर्वाचित हुने सबैलाई बधाई र शुभकामना व्यक्त गरे । चलचित्र पत्रकार संघ सधै चलचित्र पत्रकारहरुको हकहितमा लड्दैं आएको बताउदैं अध्यक्ष शान्ति प्रियले अझ चलचित्र पत्रकार संघलाई बलियो बनाउन जिल्ला जिल्लामा गठन भएका पत्रकार संघहरुको महत्वपुर्ण भुमिका रहने बताए ।

त्यस्तै, नवनिर्वाचित अध्यक्ष गौतमले आगामी दिनहरुमा मकवानपुरका चलचित्र पत्रकारहरुलाई मिलाएर एकसाथ लैजाने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu