झरनाले कसिन निर्मातासँग लगनगाठो



jharana-bajracharya-marrige-thuloparda-dot-com

नायिका झरना बज्राचार्यले नेपाली चलचित्र ‘सेफ ल्याण्डिङ’का सह-निर्माता राहुल अग्रवालसँग बिबाह गरेकी छिन् । चलचित्र छायांकनका बेला नजिकिएका यि दुईले अन्तत: बिबाह बन्धनमा बाधिने निर्णय स्वरुप बिहिबार उनीहरुले सितापाइलामा स्थित एक हलमा उनीहरुले बिवाह गरेका हुन् ।

बिहेमा झरना र राहुलका नजिकका आफन्त मात्र सहभागी थिए । जसका कारण पनि बिहेको खबर केही दिनमा मात्र बाहिर आएको छ । बिहे पश्चात उनीहरु काठमाण्डौको सोल्टी होटलमा पार्टीका लागि पुगेका थिए । पुर्ख्यौली थलो भारत भएपनि मलेसियामा जन्मेर हुर्केका मलेसियन नागरिक राहुल मलेसियाका धनाढ्यमा पनि पर्छन् । झरना फिल्म सेफ ल्याण्डिङको प्रिमियरका लागि नेपालबाट मलेसिया गएर अरबपति व्यापारी राहुलको साथमा अष्ट्रेलिया गएकी थिइन् । त्यहि बेला देखीनै उनीहरुको प्रेमसम्बन्धका विषयमा खबरहरु बाहिर आएका थिए ।

राहुलसँग प्रेममा परेपछि नायिका बज्राचार्य मलेसिया जाने आउने समेत गर्थिन् । एक विदेशी नागरिकसँग इङ्गेजमेन्ट गरेर ब्रेकअप समेत गरेकी झरनाले राहुलसँग अन्तत विवाह गरेकी छिन् । हाम्रो तर्फबाट राहुल अग्रवाल र अभिनेत्री झरना बज्राचार्यलाई बैवाहिक जीवनको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu