दुर्घटना कम होस भन्दै गीत तयार



गीतकार, संगीतकार तथा गायक अजय
गीतकार, संगीतकार तथा गायक अजय

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपालमा दैनिक जसो हामी सबैले सुनिरहने घटना हो गाडी दुर्घटना र सोहि दुर्घटनाबाट कयौंले ज्यान गुमाइसकेका छन् भने कयौं अंगभग्ग भइसकेका छन् । त्यहि दुर्घटना केहि कम होस् भन्ने हेतुले जनचेतना मुलक गीत तयार भएको छ ।

चलचित्र ‘मान्छे’का बाल कलाकार अमित बस्ताकोटीको माइक्रोले किचेर खुट्टामा ठुलो चोट लागेपछि ‘लेखिएको लाख बचाउँछु भनेर दौडिँदा’ बोलको गीत सो चलचित्रका निर्देशक अजय अधिकारी ‘शुसिल’ले तयार पारेका हुन् । गीतमा शब्द, संगीत र स्वर अजयको रहेको छ । अजयलाई शशी रावल र समिक्क्षा बस्नेतले स्वरमा साथ दिएका छन् । उक्त गीतमा संगीत संयोजन योगेश काजीको रहेको छ ।

यो गीतलाई अजय आँफै समेत सामान्य दुर्घटनामा परि खुट्टा भाँचिएको बेला रेकर्ड गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu