‘होस्टेल रिटर्न्स’का सम्पुर्ण अडियो गीत रिलिज



musukkai-hasnele-hostel-returns-audio-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र ‘होस्टेल रिटर्न्स’का सम्पूर्ण अडियो गीत सार्वजनिक भएका छन् । चलचित्रमा समावेश छ वटा अडियो गीतहरु युट्यूबमार्फत सार्वजनिक गरिएको हो ।

सम्पुर्ण टिनएजर श्रोता, दर्शकका लागी लक्षित गरेर सार्वजनिक गरिएको चलचित्रमा निर्माता सुनिल रावलले जनाए । ‘ड्रिन्क ड्रान्क ड्रन्क’, ‘बावु त बन्नु’, ‘मुसुक्क हाँस्ने’, ‘आधि आधी टुक्रा’, ‘फेरी आउँछ’ र ‘तु रु रु तु रु’ नामक बोलका छ वटै गीतमा स्वप्निल शर्माको आवाज, शब्द र संगीत रहेको छ । सार्वजनिक गरिएको पहिलो गीत ‘ड्रिन्क ड्रान्क ड्रन्क’मा भने स्वप्निल शर्मा सँगै सञ्जय र नवराज अन्सारीको आवाज सुन्न सकिन्छ, त्यस्तै ‘मुसुक्क हाँस्ने’ बोलको गीतमा स्वप्निललाई श्रेया सोताङ्गले आवाजमा साथ दिएकी छिन् । गीतका भिडियो पनि छिट्टै रिलिज हुने बताईएको छ ।

दुर्गिस फिल्मस्को ब्यानरमा तयार भएको चलचित्रलाई सुनिल रावलले निर्माण गरेको हुन् । सुरज भुषालले निर्देशन गरेको ‘होस्टेल रिटर्न्स’मा सुशिल श्रेष्ठ, अभय बराल, नजिर हुसेन, शुसिल सिटौला, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, निर्मल शर्मा, दिया मास्के, सुदम सिके, पिके चौधरी लगाएतको मुख्य भूमिका छ ।

गीत सुन्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu