संगीतकार अम्बर गुरुङ स्वस्थ भएपछि घर फर्किए



Ambar-gurung-dischargeठुलोपर्दा डटकम, काठमाण्डौ।
२७ दिनअघि उपचारका लागी अस्पताल भर्ना भएका संगीताकार अम्बर गुरुङ सन्चो भएर घर फर्केका छन् । मंगलबार साँझ उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । गुरुङको उपचारमा संग्लग्न डाक्टर तथा अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे, वरिष्ठ न्यूरो सर्जन डा.अमित थापा र वरिष्ठ न्यूरो फिजिसियन डा.राजु पौडेलले अब संगीताकार गुरुङ पुर्ण रुपमा स्वास्थ्य भएको जानकारी दिए ।

घरैमा लडेर बेहोस भएपछि उनी काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । उनी लामो उपचारपछि मंगलबार राती आफ्नो घर बुढानिलकण्ठ फर्केका हुन् । संगीतकार गुरुङ केही वर्षदेखि पार्किन्सन्स र मधुमेहबाट पीडित थिए ।

राष्ट्रियगानका संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्रथम उपकुलपति गुरुङको उपचारमा लागेको खर्च सरकारले ब्यहोर्ने जनाएको छ । चिकित्सकहरुले उनलार्इ नियमित स्वास्थ्य जाँच गरिरहनुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu