‘होस्टेल रिटर्न्स’को गीत सार्वजनिक (भिडियो)



hostel-returns-new-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
केहि महिना अगाडी राजधानीमा एक कार्यक्रमका विच चलचित्रको ‘लाईभ प्रोमो’ प्रस्तुत गरेपछि आफ्नो प्रचार प्रसारलाई व्यापक रुपमा अगाडी बढाइरहेको चलचित्र ‘होस्टेल रिटर्न्स’को नयाँ गीत रिलिज भएको छ । ‘मुसुक्कै हाँस्ने तिम्रो बानीले’ बोलको सार्वजनिक गीतमा स्वप्निल शर्मा र श्रेया सोताङको स्वर रहेको छ ।

गीतमा सोप्नील शर्माको संगीत रहेको छ । गीतमा गोविन्द राईको नृत्य निर्देशन रहेको छ । सार्वजनिक गीतमा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, स्वस्तिमा खड्का लगायतका कलाकारहरु देखिएका छन् । सुरज भुषालले निर्देशन गरेको ‘होस्टेल रिटर्न्स’मा सुशिल श्रेष्ठ, अभय बराल, नजिर हुसेन, शुसिल सिटौला, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, निर्मल शर्मा, दिया मास्के, सुदम सिके, पिके चौधरी लगाएतको मुख्य भूमिका छ ।

चलचित्र बैशाख २५ गतेदेखी देशव्यापी प्रदर्शनमा आउन लागेको छ । चलचित्रलाई सुनिल रावलले निर्माण गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu