प्राविधिक संघका महासचिवले मागे रौनियारसँग माफी



ananta-&-samjhanaठुलोपर्दा डटकम, काठमाण्डौ। शुक्रवार आयोजित नेफ्टा अवार्डको टप थ्री नोमिनेशन सार्वजनिक कार्यक्रममा निर्देशक सम्झना रौनियारलाई नेफ्टाका सम्पूर्ण कार्यक्रमबाट हटाइएको अभिव्यक्ति दिएका चलचित्र प्राविधिक संघका महासचिव अनन्त तिमिल्सिनाले शनिवार माफी मागेका छन्।

यसअघि आयोजना हुदै आएको नेफ्टा अवार्डमा संयोजन गरेकी रौनियारलाई निस्काशन गरिएको अभिव्यक्तिपछि उनले आफ्नो चरित्र हत्या भएको भन्दै अदालत जाने बताएकी थिइन्। विगतमा संघलाई सहयोग गरेकी रौनियारले संस्था र अध्यक्षलाई लागेको नकारात्मक छाप मेटाउन आफु नेफ्टाको कुनै पनि कार्यक्रममा सहभागि नहुने बताएको थाहा नहुँदा शुक्रवात सो अभिव्यक्ति आएको भन्दै तिमिल्सिनाले क्षमा मागेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu