पोखरामा पोखिए वसन्तका डेढ दर्जन बढि कविताहरु



basanta-Chaudhary
कवि एवं गीतकार वसन्त चौधरीको एकल विश्व काव्ययात्राको १३ औं संस्करण शनिबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा कवि चौधरीले आफ्ना नयाँ तथा पुराना नेपाली र हिन्दी गरी डेढ दर्जन प्रेमरसमा आधारित कविता वाचन गरेका थिए । पोखरास्थित गण्डकी बोर्डिङ स्कुलको प्रेक्षालयमा भएको कार्यक्रम नवआदर्श सामुदायिक विकास समाजले आयोजना गरेको हो ।

कार्यक्रमस्थलमा कास्की आमा समूहले माल्यार्पण गरी चौधरीलाई स्वागत गरेका थिए। त्यस अवसरमा गायक झलकमान गन्धर्व समूहले सारंगीको धुनमा प्रस्तुत गरेको राष्ट्रगानसँगै कार्यक्रम सुरु भएको थियो । कार्यक्रम विश्व कविता दिवसको अवसर पारेर आयोजना गरिएको हो । वसन्त चौधरीको एकल विश्व काव्ययात्राको सिगांपुरमा हुने १४ औं संस्करण भने ‘नेपाली सोसाइटी सिगापुर’को आयोजनामा हुन लागेको हो ।

नेपाली भाषा, साहित्य, संस्कृति र परम्परालाई सुरक्षित एवं संरक्षित रूपमा नयाँ पुस्तालाई हस्तान्तरण गरिनुका साथै विश्वव्यापीकरण गर्नुपर्ने मान्यता राख्ने चौधरीका पाँचवटा साहित्यिक पुस्तक र आठवटा गीति एल्बम प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu