‘फ्रेन्ड्स’को शुभसाईत | विदेश पढेर फर्केपछिको कथा



friends-muhartठुलोपर्दा डटकम, काठमाण्डौ। रेश महरठ्ठा, सोहित मानन्धर, अर्चना देलाला, रवि गिरी, कुमार वाग्ले, रायन खड्का लगायतका कलाकारको अभिनय रहने नेपाली चलचित्र ‘फ्रेन्ड्स’को राजधानीमा शुभमुहुर्त गरिएको छ। विदेशमा पढेर नेपाल फर्किएका तीन जना साथीहरुको कथामा बन्ने सो चलचित्रलाई नव-निर्देशक सजन श्रेष्ठले लेखन तथा निर्देशन गर्दैछन्।

निर्देशकत्रय आकाश अधिकारी, सविर श्रेष्ठ र बद्री अधिकारीले मुहर्त गरेका थिए। यि तिन निर्देशक सजनका गुरु हुन्। कार्यक्रममा सजनले आफ्ना गुरुको हातबाट दशैको टिका लगाएका थिए।

सुदिप श्रेष्ठको प्रस्तुतीमा विकास शर्माले निर्माण गर्न लागेको ‘फ्रेन्ड्स’मा अर्जुन पोखरेल र सीओडी ब्यान्डको संगीत रहनेछ। दशै लगत्तै छायांकन सुरु हुने यस चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, प्रकाश हमाल र प्रकाश महराको प्रोडक्शन, नवराज कृष्ण थापाको छायांकन रहनेछ ।

नायिका अर्चनाले यसअघि ‘ढुवानी’ चलचित्रमा रहेको ‘छलक छलक’ बोलको गीतमा आइटम नृत्य गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu