आत्महत्या विरुद्दको अभियानमा गीतकार देवेन गिरी



deven-giriठुलोपर्दा डटकम, काठमाण्डौ।
‘तिमी भयौ बुढी पिपल, म त बुढो वर’ नामक गीतका गीतकार देवेन गिरीले आफ्नो अर्को नयाँ गीत सार्वजनिक गरेका छन् । हर पल मरी-मरी बाँच्नु भन्दा त नामक बोलको सार्वजनिक गीतमा हरि लम्सालको संगीत तथा स्वरुपराज आचार्य र सत्यराज आचार्यको स्वरमा रहेको छ ।

यो गीतको सार्वजनिक गर्दै यसका गीतकार देवेन गिरीले आत्महत्या विरुद्दको अभियान नै थालेका छन् । ‘नेपालमा, दिन प्रतिदिन आत्महत्या गर्ने क्रम बढिरहेको छ त्यो सामाजिक समस्याले थप उग्र रुप लिन नपाओस् भन्ने उद्देश्यले यसलाई न्यूनिकरण जनचेतना अभियानका साथ हामी अगाडि आएका हौ ।’ देवेन बताउछन् ।

दुई दशक अघिदेखि नै गीत सिर्जना तथा कलाकारितामा सक्रिय गिरी गतबर्ष ‘द पेन एण्ड देवेन’ गीतिसंग्रह मार्फत नेपाली सांगीतिक बजारमा औपचारिकरुपमा सार्वजनिक भएका हुन् । पहिलो संग्रहबाट नै लोकप्रियताको शिखरमा चढेका देवेनले यही संग्रहमार्फत नेपाली संगीतका चर्चित अवार्ड तथा सम्मानहरु आफ्नो पोल्टामा पार्न सफल भएका थिए ।

अर्को संग्रहको तयारीमा रहेका देवेनलाई आफुसँगै काम गरेका चर्चित निर्देशक आलोक नेम्वाङको आत्महत्याले निकै दुःखी बनायो । सो समयमा देवेन स्वयं अस्पतालको शैयामा रोगसँग लडिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu