क्यान्सरलाई जितेकी मनिषाको ‘गेम’, यस्तो छ नयाँ लुक्स्



manisha-koirala-tamil-filmकाठमाडौँमा जन्मेकी नायिका मनिषा कोइराला बलिउडकी एक सफल अभिनेत्रीको रुपमा गनिन्छन् । कुनै समय बलिउडमा मनिषाको नै हालीमुहाली थियो । बलीउच क्विनको रुपमा चिनिने कोईरालाले कमै मात्र नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । मनिषाको अन्तिम नेपाली चलचित्र धर्मा हो । त्यसपछि नेपाली चलचित्रमा देखिएकी छैनन् ।

व्यवसायी सम्राट दाहालसँग केहि बर्ष अगाडी बैबाहिक जीवनमा बाधिएकी मनिषाको बैबाहिक जीवन लामोसमयसम्म टिक्न सकेन र उनीहरुको अन्तत सम्बन्ध विक्षेद पनि गरे । सम्राटसँग सम्बन्ध विक्षेद भएको केहि बर्षमा नै उनीलाई पाठेघरको क्यान्सर भयो । लामो समयको उपचारपछि मनिषालाई क्यान्सर रोग पनि निको भयो । पाठेघरमा भएको क्यान्सर निको भएपछि उनी फेरी बलिउड फिल्म खेल्ने तयारीमा जुटिन् । त्यहि क्रममा केहि महिनादेखी भारतमानै रहिआएकी मनिष अब तमिल तथा कन्नड भाषामा निर्माण भइरहेको फिल्म ‘गेम’बाट अभिनयमा फर्कँदै छिन् ।

उनले सो कुराको खुलासा आफ्नो ट्विटरबाट गरेकी हुन्। उनले फिल्म सुटिङ्को पहिलो दिन नै फिल्ममा हुने आफ्नो फष्टलुक फोटो पोस्ट गरेकी छिन् । फोटो अपलोड गर्दै मनिषाले पहिलो दिनको सुटिङले उनले फिल्ममा बिताएका पुराना दिनहरुको सम्झना गराएको कुरा ट्वीट गरेकी छिन् । एएमआर रमेशको निर्देशन रहने फिल्ममा अर्जुन सर्जा एवम् सामको पनि अभिनय रहनेछ । फिल्म ‘मर्डर मिस्ट्री’मा आधारित हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu