स्वरुपराजकी ‘मनमोहिनी’ संगिनी (भिडियो)



Mala-limbu-Manmohini

ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘मनमोहिनी’ एल्बममा समावेश अर्को नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मनमोहिनी’ बोलको सार्वजनिक गीतमा गायक स्वरुपराज आचार्यको स्वर र संगीत रहेको छ । यो भिडियोमा चलचित्र ‘वन वे’बाट नायिका बनेकी माला लिम्बुले अभिनय गरेकी छिन् ।

मालालाई भिडियोमा आर्कषक पहिरनमा देखाइएको छ भने स्वरुपराजपनि भिडियोमा देखिएका छन् । उत्तम भौकाजीको शब्द रहेको गीतमा विनय कनसाकारको म्युजिक एरेन्ज रहेको छ । भिडियोलाई नरेन लिम्बुले निर्देशन गरेका हुन् । मनमोहिनी एल्बम गीतकार भौकाजी र गायक एवम् संगीतकार स्वरुपराज आचार्य दुवैले आ–आफ्ना जीवन संगीनीहरुलाई नै समर्पित गरेका छन् । त्यसकारण पनि मनमोहिनीमा संगिनीकै बढी चर्चा रहेको छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu