फ्राईडे रिलिज : ‘भूलभुलैया’ र ‘षडङ्ग’



shohit-and-neeta-bhoolbhoolaiya

ठुलोपर्दा डटकम, काठमाण्डौ।
यो साता दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । त्रिकोणात्मक प्रेम कथा समेटिएको चलचित्र ‘भूलभुलैया’ र राजनीति विषयलाई उठान गरेको चलचित्र ‘षडङ्ग’ प्रदर्शनमा आएको छन् ।

चलचित्र ‘भूलभुलैया’मा जीवन लुइँटेल, नीता ढुंगाना र शोहित मानन्धर, मोहन निरौला र लक्ष्मी गिरीको अभिनय रहेको छ । आरुस ईन्टटेनमेन्ट र वान टाईम सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । दिनेक कुमार पोखरेलको प्रस्तुती रहेको चलचित्र ‘भूलभुलैया’ मा शिवम अधिकारीको लेखन, बसन्त सापकोटाको संगीत र बनिश शाहको सम्पादन रहेको छ । बाबु श्रेष्ठ फिल्मका छायाँकार हुन् ।

चलचित्र ‘षडङ्ग’मा विजय लामा, सौगात मल्ल, अनुप बराल, प्रियंका कार्की, सौरमराज तुलाधर, ए गुरुङ, नविन मानन्धरको साथमा विशेष भूमिकामा हर्षिका श्रेष्ठको अभिनय छ । सुरज सुनुवारको चलचित्रमा लेखक तथा निर्देशक रहेको छ भने शिशिर अर्यालको सह-निर्देशन छ । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, सुरेन्द्र डी कार्कीको संगीत, अष्ट महर्जनको एक्सन, गोविन्द राइको नृत्य निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu