‘नाईं नभन्नु ल ३’ को न्यारेशनका लागि माल्भिकाले दिइन स्वर



Malvika-Subba-Nai-Nabhannu-La-3ठुलोपर्दा डटकम, काठमाण्डौ।
पूर्वमिस नेपाल तथा निर्मात्री समेत रहेकी माल्भिका सुब्बाले चैत २७ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाईं नभन्नु ल ३’ को ‘यो जिवन चुडिएको चंगा जस्तै, समयले उडाई लादो रैछ’ बोलका हरफहरुमा आवाज दिएकी छिन् । न्यारेशनका लागि आवाज भरेकी माल्भिकाले चलचित्रका हरफहरु मनछुने भएको र चलचित्र पनि उत्कृष्ट बनेका कारण आफुले माथिका हरफहरुमा आवाज दिएको बताइन् ।

बिहिबार काठमाडौंको रेड स्टुडियोमा फिल्मको न्यारेशनका लागि माल्भिकाले स्वर डबिङ गराएकी हुन् । माथि उल्लेखित हरफहरुमा माल्भिकाको स्वर सुहाउँदो र बोल्ड भएकाले ‘न्यारेशन’का लागि माल्भिका राजेको चलचित्रका निर्माता विकास आचार्यले जानकारी दिए । यो चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । ‘नाईं नभन्नु ल ३’मा अनुभव रेग्मी, सफला भट्टराई, आर्यन सिग्देल, सञ्चिता लुईँटेल, सुरज सिंह ठकुरी, संयम पुरी, आश्मा डिसी, प्रियंका कार्की लगाएतको अभिनय रहेको छ ।

सांगीतिक प्रेमकथामा बनेको ‘नाईं नभन्नु ल ३’मा बसन्त सापकोटाको संगीत रहेको छ । वान टाइम सिनेमा प्रालीको व्यानरमा बनेको यो चलचित्रका लेखक तथा निर्माता विकास आचार्य हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu