चलचित्रमा थपिने भो ‘भाकल’, बाबुराम ढकालले निर्देशन गर्दै



Bhakal-jodiठुलोपर्दा डटकम, काठमाण्डौ। नेपाली चलचित्रमा अर्को नयाँ चलचित्र थपिने भएको छ। मध्य कार्तिकबाट छायांकनमा जाने तयारीमा शनिवार राजधानीमा शुभसाईत गरिएको चलचित्र ‘भाकल’लाई यसअघि ‘दुलही’ र ‘पर्खिराख है’ निर्देशन गरेका बाबुराम ढकालले निर्देशन गर्दैछन्। व्यावसायी मिलन लामाले निर्माण गर्ने सो चलचित्र एक्यूब फिल्मर्स प्रा.लि.को ब्यानरमा निर्माण हुँदैछ।

मुहर्त कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदिप नेपालले ‘भाकल’को एक्शन कट गरेका थिए। निर्देशक बाबुराम ढकालले सो सिनेमा पुर्णतया फर्मुलामा बन्ने दावी गरे। ‘सामान्य तर चलचित्रको सुत्रमा बाँधिएको सिनेमा बन्नेछ’ कार्यक्रम पछि ठुलोपर्दा डटकमसँग ढकालले बताए। सुशान्त कार्की र स्वेता भट्टराईले मूख्य अभिनय गर्ने सो चलचित्रलाई प्रकाश पुरीले लेखेका हुन्।

‘भाकल’मा रामशरण उप्रेतीको छायांकन, वसन्त सापकोटाको संगीत, विपिन मल्लको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, कविराज गहतराजको नृत्य रहने छ साथै एलिसा लामा बालकलाकारको रुपमा रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu